मुम्बई(एजेन्सी) । भोजपुरी फिल्म उद्योग भारतको अर्को लोकप्रिय फिल्म उद्योग हो । यहाँ रिलिज भएका फिल्म, गीत र संगीत निकै लोकप्रिय मानिन्छन् । युट्युबमा यहाँका फिल्म तथा गीत ट्रेन्डिङमा पर्छन् । यो उद्योगमा दिनेश लाल यादव, खेसारी लाल यादव, पवन सिंह, प्रदीप पाण्डे चिंटू, अरविंद अकेला कल्लू र यश जस्ता कैयौं राम्रा कलाकार छन् । उनीहरुको लोकप्रियता भोजपुरी भन्दा बाहिर अन्य क्षेत्रमा पनि उत्तिकै छ । फिल्ममा काम गरेवापत उनीहरुले पारिश्रमिक पनि राम्रै लिन्छन् ।
भोजपुरी फिल्ममा दिनेश लाल यादव अर्थात निरहुवा र खेसारी लाल यादवको कमाई करिब करिब बराबर छ । दुवैले वर्षमा ५ देखि ६ फिल्म गर्छन् । दुवैले एक फिल्मबाट ५० देखि ६० लाख पारिश्रमिक लिन्छन् । दिनेश एक फिल्मबाट ५० देखि ६० लाख रुपैंयाँ पारिश्रमिक लिन्छन् । जबकी खेसारीले ५० लाख रुपैंयाँ लिन्छन् । यसबाहेक खेसारी एक स्टेज शोका लागि १० लाख पारिश्रमिक लिन्छन् ।
दिनेश र खेसारी पछि भोजपुरी उद्योगको पावर स्टार मानिने पवन सिंहले एक फिल्मबाट ४५ लाख रुपैंयाँ पारिश्रमिक लिन्छन् । यसबाहेक उनी आफ्नो म्यूजिक एलबम र गीतबाट पनि राम्रो कमाई गर्छन् । यसबाहेक प्रदीप पाण्डे चिन्टु ३५ देखि ४० लाख रुपैंयाँ लिन्छन् । त्यस्तै अरविन्द अकेला कल्लू २५ देखि ३० लाख रुपैंयाँ लिन्छन् ।
अर्का भोजपुरी सुपरस्टार रवि किशनले बीजेपीबाट चुनाव जितेपछि भोजपुरी उद्योगबाट दुरी बनाएका छन् । तर उनी हिन्दी र दक्षिण भारतीय फिल्ममा पनि काम गर्छन् । रवि पनि एक फिल्मबाट ५० लाख बढी पारिश्रमिक लिन्छन् । भोजपुरी फिल्मले औषतमा एक फिल्मबाट ५ देखि १० करोड नाफा गर्दछ ।