गोविन्द र स्मृतिको दोहोरीमा अनु र परमेश्वर

काठमाडौं । लोक दोहोरी गायक गोविन्द अर्याल (गोपी) र गायिका स्मृति गौतमको स्वरमा रहेको ‘जुनदिन’ लोक दोहोरी गीत सार्वजनिक भएको छ । गीतमा गोविन्द र स्मृतिलाई प्रतिमा अर्याल, गंगा लगायतले साथ दिएका छन् ।

गीत संगम थापाको शब्द, सुफिक्स मदनको संगीत, नारायण दंगालको एरेन्ज, विजय बुडाको रेकर्डिङ, कृष्ण पुनको मिक्सिङ छ । भिडियोमा अनु पराजुली र परमेश्वर दाहाल फिचर्ड छन् ।

संगम थापाको निर्देशन रहेको भिडियोमा जनकराज अधिकारीको छायांकन जनकराज अधिकारी र विवेक सुनारको सम्पादन छ ।