२०२० मा बलात्कार कथा

काठमाडौं । सर्ट मुभी ‘२०२०’ सार्वजनिक भएको छ । पछिल्लो समय घटिरहेको बलात्कारको विषयमा तयार भएको यो फिल्म अमेरिकामा बस्दै आएका युवाहरुले तयार पारेका हुन् ।

सिद्धार्थ विश्वको लेखन, निर्देशन र सम्पादन रहेको फिल्ममा दिव्य न्यौपाने, ग्रचे गुरुङ, सिद्धार्थ विश्व र लौर घिमिरेको अभिनय छ । निर्देशक विश्वले फिल्मबाट समाजमा सकारात्मक सन्देस दिन खोजेको बताए ।

तिम्रो मेरो प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा सुमन विश्वको छायांकन तथा गणेश गजमेर र सुबाश सेन्चुरीको संगीत छ ।