टेलिभिजन अभिनेत्री लीनाको निधन

मुम्बई(एजेन्सी) । टेलिभिजन अभिनेत्री लीना आचार्यको निधन भएको छ । लीनाले कैयौं चर्चित टेलिभिजन सिरियलमा काम गरेकी थिइन् र उनले फिल्म ‘हिचकी’ तथा टेलिभिजन सिरियल ‘मेरी हानिकारक बीवी’बाट विशेष पहिचान बनाएकी थिइन् ।

समाचार अनुसार उनी लामो समयदेखि मृगौलाको समस्याबाट पीडित थिइन् । उनको करिब डेढ वर्षदेखि उपचार चलिरहेको थियो । उनी दिल्लीको एक अस्पतालमा भर्ना भएकी थिइन् । तर स्वास्थ्यमा अचानक खराबी आएपछि उनको निधन भएको थियो ।

उनको निधन पछि सामाजिक सन्जालमा उनका फ्यान तथा सहकर्मी कलाकारले उनको सम्झना गरेका छन् । लीनाले फिल्म ‘हिचकी’ का अलावा ‘सेठ जी’, ‘आपके आ जाने से’ र ‘मेरी हानिकारक बीवी’ जस्ता कैयौं सिरियलमा काम गरेकी थिइन् ।