प्रमोदको वियोगान्त यो माया के हो

काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘यो माया के हो’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा रामकृष्ण महराको शब्द, मनकुमार(शिवराज)को संगीत तथा नारायण दंगालको एरेन्ज छ ।

वियोगान्त प्रेम कथामा आधारित भिडियोमा केकी अधिकारी , दिनेश थापा (आयुष) र मनोज ओली फिचर्ड छन् । दिपेन बस्नेतको छायांकन रहेको भिडियोमा नविन निरौलाको सम्पादन र जीवन शाहीको निर्देशन छ । भिडियोका निर्माता गोविन्दप्रसाद साह हुन् । ओएसआर डिजिटलमार्फत भिडियो सार्वजनिक भएको हो ।

रोजगारीको सिलसिलामा मलेशियामा रहेका उत्पादक साह र महराले विदेशी भुमि बाटै आफ्नो संगीत यात्रालाई अघि बढाइरहेका छन्। यसअघि गीतकार महराले ‘मैले भन्दा’ , ‘साइनो’, ‘उठ युवा हो’ लगायतका थुप्रै गीतहरु सार्वजनिक गरिसकेका छन् ।