काठमाडौं । असाप इन्टरटेनमेन्टले हेरिटेज अफ फेसन नेपाल सिजन २ आयोजना गर्ने भएको छ । मार्च १५ मा नेपाल र अष्ट्रेलियामा आयोजना हुने कार्यक्रमको आयोजक ‘आमा’ र ‘तीन जन्तु’का निर्माता सन्तोष अधिकारी हुन् ।
उक्त फेसन शोमा नेपाली तथा विदेशी मोडलहरुको उल्लेख सहभागीता रहनेछ । कोरोनाले विश्व नै आक्रान्त बनेको बेला नेपाली कला र संस्कृतीलाई प्रर्वद्धन गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गर्न लागिएको हो ।
गतवर्षबाट सुरु भएको हेरिटेज अफ फेसन नेपालको पहिलो सिजनको आयोजना पोखरा र अष्ट्रेलियामा गरिएको थियो भने यसवर्ष दुवई र युरोपमा पनि फेसन शोको आयोजना गर्ने योजना सन्तोषको छ ।
पहिलो सिजनमा फेसन आइकन तथा कलाकार प्रशान्त ताम्राकार, गायक धिरज राई, गायिका प्राप्ति तुलाचन सहभागिता रहेको थियो ।