सरररमा आचल र मुकुनको प्रेम

काठमाडौं । गायक राजेश घिमिरे र मेलिना राईको स्वर रहेको ‘सररर’ सार्वजनिक भएको छ । गीतमा एकतारे सबिन र सरोज परियारको शब्द र गायक घिमिरेकै संगीत छ ।

म्युजिक भिडियोमा आचल शर्मा र मुकुन भुसाल फिचर्ड छन् । निकेश खड्काले निर्देशन गरेको भिडियोमा दुईको प्रेमलाई देखाईएको छ ।

भिडियो अनिता ग्वाचाको मेकअप, प्रविन श्रेष्ठको सम्पादन र कलर र हरि हुमागाईं र हरिश सिंहको छायांकन छ ।