पल र वर्षा सोल्टी सोल्टिनी

काठमाडौं । गायक किरण भुजेल र गीता शर्माको स्वरमा रहेको नयाँ गीत ‘मेरी सोल्टिनी’को भिडियो सार्वजनिक भएको छ । गीतमा बाल के न्यौपानेको शब्द तथा संगीत रहेको छ ।

गम्भीर बिस्टले निर्देशन गरेको भिडियोमा पल शाह र वर्षा राउत फिचर्ड छन् । ज्ञानेन्द्र शर्माको छायांकन रहेको भिडियोमा सुबोल थापाको कोरियोग्राफी र नवीन निरौलाको सम्पादन छ ।

भिडियोमा सुरज श्रेष्ठ, सोम्या श्रेष्ठ पनि फिचर्ड छन् । भिडियोको निर्माण दुर्गा धिमालले गरेका हुन्। भिडियो बिके क्रियसनको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।