मौनताको आँधी तुफान २ मा को शक्तिशाली ?

काठमाडौं । २०६१ सालमा निर्माण भएको सफल फिल्म ‘आँधी तुफान’को सिक्वेल ‘आँधी तुफान २’को निर्माणका लागि तिब्र तयारी भइरहेको छ । लेखक मौनता श्रेष्ठले निर्माण गर्न लागेको फिल्मका लागि यतिबेला धमाधम कलाकारको फाइनल गर्ने काम भइरहेको छ ।

फिल्मका लागि साम्भा कोइराला र मुकुन्द थापा अनुबन्धित भएका छन् । साम्भाले साउथ सुपरस्टार प्रभासको बलिउड फिल्म ‘साहो’ मा सह–खलनायकको रुपमा अभिनय गरिसकेका छन् । स्रोतका अनुसार दुवै कलाकार फिल्ममा खलपात्रको भूमिकामा देखिँदैछन् ।

मदन घिमिरेको निर्देशन रहने फिल्ममा पछिल्लो समय चलेका कलाकारको अभिनय रहनेछ । लेखक तथा निर्माता श्रेष्ठका अनुसार फिल्मका अन्य कलाकार मुहुर्तका दिन सार्वजनिक गरिनेछ । फिल्मको कार्यकारी निर्माता रत्न श्रेष्ठ हुन् । उनका अनुसार कोरोना महामारी केही साम्य हुनासाथ फिल्मको छायांकन शुरु हुनेछ ।