सरुसँग ध्रुवको झन झन माया

काठमाडौं । गायक ध्रुव बिस्कोको नयाँ गीत ‘झन झन माया’ सार्वजनिक भएको छ । कृष्ण केसीको शब्द तथा गायक बिस्कोकै संगीत रहेको गीतमा गायिका सरु गौतमको पनि स्वर छ ।

गायक बिस्कोका अनुसार नेपाली लोक तथा पश्चिमेली संगीतलाई दक्षिण भारतीय बिटसँग मिलाएर डान्सिङ शैलीमा यस तयार गरिएको छ । उनी भन्छन्, ‘हामीले यस गीत फिल्मको लागि भनेर तयार गरेका थियौँ । कोरोनाका कारण चलचित्रको टुंगो नभएपछि भिडियोमा ल्याउने प्रयास गरेका हौँ ।’

माइकल चन्दको निर्देशनमा तयार भएको भिडियोमा अभिनेता पुष्प खड्का, नरेन खड्का, सिर्जना केसी र सरोज मोक्तान फिचर्ड छन् । भिडियोमा सञ्चारकर्मी तथा निर्देशक दिनेश डिसीलाई पनि देख्न सकिन्छ ।

माइकल सेटअपको कोरियोग्राफी रहेको भिडियोलाई उत्सव दाहाल र टिमले खिचेका हुन् भने सम्पादनको काम शिलन लम्सालले गरेका छन् ।