मेलिनालाई के सुनाउदैछन् हरि ?

काठमाडौ । गायक तथा संगीतकार हरि लम्साल र मेलिना राईको स्वरमा रहेको ‘सुनन’ बोलको भिडियो सार्वजनिक भएको छ । ‘परानै दिन्छु’को भाग २ का रुपमा तयार पारिएको गीतमा प्रल्हाद शाहको शब्द र हरि लम्सालको संगीत छ ।

भिडियोमा अभिनेता दयाहाङ राई र अभिनेत्री लक्ष्मी बर्देवा फिचर्ड छन् । गीतमा पहिलो प्रेमको सुरुवाती कथालाई देखाइएको छ । गाउँघर, उकाली ओराली गर्दै पानी घट्टमा अन्न लिएर पिस्न जाँदा दुई युवायुवती एकअर्काप्रति आर्कर्षित भएको विषयलाई भिडियोमा उतारिएको छ ।

काभ्रेको पनौती नगरपालिकाको कुशादेवीमा छायांकन गरिएको भिडियोमा निकेश खड्काको निर्देशन, उत्तम हुमागाईंको छायांकन र विकास धमलाको सम्पादन छ । प्रकाश मिश्रको मिक्सिङ तथा मास्टरिङ रहेको गीतको भिडियोमा टुवेल्भ नोट्सबाट सार्वजनिक गरिएको हो ।