बलिउड स्टारका यस्तो अनौठो बानी

मुम्बई(एजेन्सी) । बलिउड स्टारको निजी जिन्दगीलाई लिएर आम मानिसलाई जहिल्यै कौतुहलता हुन्छ । स्टारहरु कसरी बस्छन्, के खान्छन्, पुरा दिन उनीहरु के गर्छन्, कोकोसँग भेट्छन्, यस्ता तमाम विषयमा सर्वसाधारणहरु आफ्नो मनपर्ने स्टारको बारेमा जान्न चाहन्छन् । तर बलिउडका दश स्टारको अनौठो बानीका बारेमा सायदै कमैलाई मात्र थाहा होला ।

बलिउडका किंग खान अर्थात शाहरुख खान जुत्ताको ठूलो सौखिन हुन् । उनीसँग सयौं जुत्ता छन् । कुनै कुनै समयमा उनी दिनमा दुईपटक बिना कुनै कारण जुत्ता फेर्छन् । कैयौं पटक त उनी जुत्ता लगाएर सुत्छन् ।

बलिउडका दबंग खान अर्थात सलमान खानलाई पनि एउटा अनौठो बानी छ । उनी साबुन जम्मा गर्न सौखिन छन् । उनी हातले बनाएकोदेखि हर्बलसम्मका सबै किसिमका साबुन जम्मा गर्छन् । यो सूचीमा अभिनेता जितेन्द्र छुट्दैनन् । जितेन्द्रको एउटा फोहोरी बानी के छ भने उनी ट्वाइलेटमा फलफूल लगेर खाने गर्दछन् ।

बलिउडकी ग्ल्यामर अभिनेत्री करीना कपूरको बानी उस्तै फोहोरी छ । उनी जहिल्यै नङ टोक्ने गर्दछिन् । उनी नङमा उज्यालो रंगको नेलपोलिस लगाउन मनपराउछिन् । तर प्रायः उनी आफ्नो सुन्दर नङ टोकेरै फ्याल्छिन् । अभिनेत्री सुस्मिता सेनको सौख उस्तै अनौठो छ । सुस्मितालाई खुला स्थानमा नुहाउन मनपर्छ । उनले आफ्नो घरको बार्दलीमा बाथटब बनाएकी छन् ।

अभिनेता शाहिद कपूर कफी पिउनमा सौखिन छन् । उनको यही बानी कारण कुनै स्थानमा उनलाई कफीबाट टाढा राखियो भने साह्रै छटपटिन्छन् । एक अन्तरवार्तामा उनले यो कुरालाई स्वीकारेका छन् ।

बलिउडका एक्सन हिरो जोन अब्राहमको पनि अनौठो बानी छ । उनी कतै बसिरहँदा खुट्टा हल्लाइरहन्छन् । कैयौंपटक उनलाई गाली गर्दा पनि उनले यो बानी छुटाउन सकेका छैनन् ।

अभिनेत्री सनी लियोनी बानी पनि अनौठो छ । जुन विषयमा मिडियामा पटक पटक समाचार आइसकेको छ । त्यो बानी के हो भने उनी पटक पटक आफ्नो खुट्टालाई धुने गर्छिन् ।

बलिउडका छोटो नबाब सैफ अली खानको किताब पढ्ने सौख छ । उनी खाली समय पुस्तक पढ्छन् । उनले बाथरुममा नै सानो लाइब्रेरी बनाएका छन् भन्ने कुरा पनि समय समयमा समाचारमा आइरहन्छ ।

अहिलेको समयमा मोबाइल जिन्दगीको सबैभन्दा आवश्यक वस्तु बनिसकेको छ । तर अभिनेत्री विद्या बालन आफूसँग मोबाइल राख्नु एउटा सजाय नै ठान्दछिन् । किनकी उनलाई फोन धेरै प्रयोग गर्न मनपर्दैन ।