किरण र एलिनाको कान्छी मट्याङ ट्याङ

काठमाडौं । गायक किरण भुजेलको प्रस्तुति र नेपासिनेको सहकार्यमा निर्माण भएको गीत ‘कान्छी मट्याङ ट्याङ’को म्यूजिक भिडियो रिलिज भएको छ । किरण भुजेल र एलिना चौहानको स्वर रहेको गीतमा सुनिल कटुवालको शब्द तथा प्रेम घिमिरेको संगीत छ ।

भिडियोमा विधान कार्कीको निर्देशन छ । भिडियोमा मनिषा थापाको कोरियोग्राफी, विकास दाहालको सम्पादन र उत्सव दाहालको छायांकन छ ।

भिडियोमा किरण भुजेल, श्रेया सिटौला, अजय श्रीज, एलिना चौहान र सुनिल कटुवालको अभिनय छ ।