सरलामा दाइजो कहर

काठमाडौं । मधेशी समुदायमा व्याप्त दाइजो प्रथाले परिवारमा उत्पन्न कलहको विषयमा निर्माण भएको म्यूजिक भिडियो ‘सरला’ सार्वजनिक भएको छ । भिडियोमा नाजिर हुसेन र अनु थापा फिचर्ड छन् । अन्तरजातिय प्रेम विवाह गरेपछि नाजिरको परिवारले दाइजो नल्याएको भन्दै अनुमाथि गरेको नराम्रो व्यवहारलाई भिडियोमा देखाइएको छ ।

गीतले नाजिर र अनुबीचको प्रेमभाव व्यक्त गरेको छ । निशान भट्टराईको स्वर रहेको गीतमा सुवास भुषालको संगीत र प्रल्हाद शाहको शब्द रचना छ । विकास सुवेदीको कन्सेप्ट र निर्देशन रहेको भिडियोमा सागर प्रधानको छायांकन छ भने गीतको भिडियोमा जीवन थापाको सम्पादन तथा कलर रहेको छ । गीतमा एरेञ्ज उदयराज पौडेलको छ ।

गीतले मधेशी समुदायमा व्याप्त दाइजो प्रथाले निम्त्याएको समस्या र पीडासँगै दुई फरक समुदायका युवायुवतीबीचको प्रेम देखाइएको निर्देशक सुवेदीले बताए ।