नमराज र रचनाको पिरतीमा दम छ

काठमाडौं । लोकदोहोरी गायक नमराज ढुंगाना र गायिका रचना रिमालको स्वरमा लोकदोहोरी गीत ‘पिरतीमा दम छ’ को भिडियो सार्वजनिक भएको छ । गीतमा भीमसेन खतिवडाको शब्द, नवराज ढुंगानाको संगीत, कमल सौरागको संगीत संयोजन र कुमार सानुको मास्टरिङ छ ।

विक्रम चौहानको निर्देशन रहेको म्युजिक भिडियोमा सञ्जीव ठकुरी र आयुष्मा कार्कीको अभिनय, दीपक गिरीको छायांकन, लक्ष्मण चौहानको सम्पादन र मिलन विश्वकर्माको कलर छ । गित डिएआर मुभिजको अफिसियल च्यानलबाट सार्वजनिक भएको छ ।