ये रिश्मा क्या कहलाता है अभिनेत्री दिव्याको निधन

मुम्बई(एजेन्सी) । विगत केही दिनदेखि भेन्टीलेटरमा मृत्युसँग लडिरहेकी टेलिभिजन अभिनेत्री दिव्या भटनागरको निधन भएको छ । टेलिफिल्म ‘ये रिश्ता क्या कहलाता है’ मा गुलाबोको भूमिकामा अभिनय गर्ने दिव्या कोरोना भाइरसबाट पीडित थिइन् । स्वास्थ्यमा समस्या आएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो । दिव्यालाई कोरोना संक्रमण भएपछि गोरेगाउँको एसआरवी अस्पतालमा भर्ना गरिएको थियो ।

दिव्याको निधन पछि ‘साथ निभाना साथिया’की अभिनेत्री देवोलिना भट्टाचार्यले शोक व्यक्त गरेकी छन् । ‘जब कोही कसैको साथ नहुँदा तिमी नै साथमा हुन्थ्यौ । दिवु तिमी नै मेरो आफ्नो थियौ । जसलाई म ढाँट्न र मनका कुरा भन्न सक्थें । मलाई थाहा छ कि तिम्रो जीवन समस्याले भरिएको थियो ।’ उनले लेखेकी छन् ।

भेन्टीलेटरमा भए पनि उनको अक्सिजनको तह कम हुँदै गएको थियो । दिव्याका साथीका अनुसार उनको निधन बिहान ३ बजे भएको थियो । उनलाई ७ हिल्स अस्पतालमा सारिएको थियो । राती अचानक २ बजे उनको स्वास्थ्य धेरै खराब भयो । त्यहीकारण उनलाई श्वास लिन पनि समस्या भयो ।

गत वर्षको डिसेम्बरमा दिव्याले गगन नामका एक व्यक्तिसँग विवाह गरेका थिए । गगन पनि कैयौं टेलिभिजनसँग जोडिएका छन् । तर पछिल्लो दिनमा उनीहरुको खटपटका कारण अलग्गिएको बुझिएको छ ।