अस्मिता र भीमको माझी दाई

काठमाडौं । नेपाल आइडलबाट चर्चा कमाएकी गायिका अस्मिता अधिकारीको स्वर रहेको ‘माझी दाई’को भिडियो सार्वजनिक भएको छ । गीतमा अस्मितालाई गायक भीम श्रेष्ठले स्वरमा साथ दिएका छन् ।

प्रेम रोमान्सका दृश्यहरु देखाइएको भिडियोमा लाहुरे युवकले आँफु एक्लो भएको कुरा सांकेतिक तरिकाले युवतीलाई राख्छन् । प्रेम, रोमान्स, माझीदाईले माछा मारिरहेका रमाइला दृश्य सहित वियोगान्त प्रेम कथाले भरिएको भिडियोमा गायक भिम र स्मृति श्रेष्ठको अभिनय रहेको छ ।

माझी दाईले खोलामा जालो हानेर हेरेर बसेकी कान्छीको फोटो खिच्दा नजिकिएकी युवतीसँग गरिएको रोमान्टिक कुराकानीलाई निर्देशक फराज अर्पणले प्रस्तुत गरेका छन् । निर्देशक फराजको शब्द संगीत रहेको भिडियोको छायांकन अनिल कटुवाल र फराज अर्पणको रहेको छ ।

फराज अर्पण र सतिज श्रेष्ठको सम्पादन रहेको गीतको एरेन्ज बिजेश्वर तण्डुकारले गरेका हुन् । राजेश्वर तण्डुकारको मिक्स मास्टरिगं रहेको गीतको भिडियोमा सतिज श्रेष्ठको कलर रहेको छ । सार्वजनिक भिडियोलाई गायक श्रेष्ठकै अफिसियल च्यानलबाट बजारमा ल्याइएको हो ।