नकुलको सांगीतिक मेरो साथ

काठमाडौं । गायक, संगीतकार नकुल कार्कीको स्वर, शब्द रहेको ‘मेरो साथ’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । मोहनी मन्त्र एल्बममा समावेश यस गीतमा मोडेल यमुना रसालको अभिनय तथा निर्देशन रहेको छ ।

भिडियोमा अमन मगरको छांयाकन तथा सम्पादन रहेको छ । स्वयं गायक कार्कीकै एरेन्ज रहेको गीतलाई दिनेश श्रेष्ठले मिक्सिङ मास्टटिङ गरेका हुन ।

दर्शक श्रोताले आफ्नो गीत र भिडियोलाई पहिलेको गीत र भिडियो जस्तै माया गरिदिनु हुन्छ भन्ने कुरामा आफु विश्वस्त रहेको कुरा गायक कार्कीले बताए ।