वेब सिरिजमा प्याकुली

काठमाडौं । डिएस डिजिटल सिनेमाको ब्यानरमा सामाजिक विषयवस्तुमा आधारित वेव सिरिज ‘प्याकुली’ को छायांकन शुरु भएको छ । समाज भित्रका विभिन्न घटनाक्रमलाई र युवा युवती विचको विभिन्न आरोह अवरोहलाई सो वेव सिरिजमा समावेश गरिनेछ । मीन अधिकारीको निर्माण तथा सञ्चारकर्मी रोशन पोख्रेलको सहनिर्माणमा सो वेव सिरिज निमार्ण हुन लागेको हो ।

सिरिजमा कृष्ण पाण्डेको छायांकन, देव महर्जनको द्वन्द्व, विश्वास भण्डारीको सम्पादन, राजेन्द्र बजगाइ, पुष्कर सुनुवार, बिनोद गुरुङ र शंकर अधिकारी घायलको संगीत, देव धिमालको नृत्य, सन्तोष पराजुली र अर्जुन तिमिल्सिनाको प्रकाश व्यपस्थापन डिके हमालको श्रृंगार रहने छ ।

वेव सिरिजमा मुस्कान रेग्मी, प्रीतिका शर्मा र रोशिका रायाले नेपाली रजतपटमा डेब्यु गर्दैछन । उनीहरुको साथमा गंगा कुँवर, पदम सुनार, रामशरण खत्री, राजन श्रेष्ठ, ज्योति पुडासैनी, बिनु वाइवा र देव महर्जनको अभिनय रहने छ ।

नित्या शिवा, राजेन्द्र बजगाइको स्वर रहने सिरिज माघको पहिलो हप्ता रिलिज गरिने तयारी रहेको छ । समाजका विभिन्न घटनालाई सो वेव सिरिज मार्फत सार्वजनिक गरिने वेव सिरिजको लेखन तथा निर्देशन शंकर अधिकारी घायलले गरेका छन ।