लोकदोहोरी गीतमा मिरमिरे साईली

काठमाडौं । लोकदोहोरी गायक अमृत खाती र उमा श्रेष्ठको स्वरमा लोकदोहोरी गीत ‘मिरमिरे साईली’ सार्वजनिक भएको छ । गीतमा शब्द संगीत अमृत खाती, संगीत संयोजन कमल सौराग, मिक्सिङ मास्टरिङ कुमार सानुको रहेको छ ।

डिएआर मुभिजको अफिसियल च्यानबाट सार्वजनिक भएको गीतको, निर्देशन विक्रम चौहानको रहेको छ भने कलाकारहरुमा संजीव ठकुरी र अनुपमा भण्डारी छन् । भिडियोमा दीपक गिरीको छायांकन, कविन खड्काको श्रृंगार र लक्ष्मण चौहानको सम्पादन छ ।