विनोदले ल्याए धागो चर्खाको

काठमाडौं । गायक विनोद रोक्काको शब्द, संगीतमा तयार पारिएको ‘धागो चर्खाको’ बोलको गीत सार्वजनिक भएको छ । भिडियोको छायांकन गोरखास्थित पुतली बगैंचा लगायतका स्थानहरुमा गरिएको छ । गीतमा गायक रोक्कालाई लोकदोहोरी गायिका देवीघर्ती मगरले साथ दिएकी छन ।

भिडियोमा रबिन बस्याल, प्रकृति नगरकोटी, संगीता वनमाली, उज्ज्वल कार्की, सुनिल महर्जन आदि कलाकार रहेका छन् भने परिकल्पना राजकुमार महर्जन, छायांकन नरेश शाही, रेकर्डिष्ट दिपक रमण, एरेञ्जर सञ्जय हमाल, निर्देशन मिना लामाको रहेको छ ।

ह्वाइट पिजर मिडियाको प्रस्तुति रहेको यस भिडियोलाई डब्लु.पि. इन्टरटेन्टमेन्टबाट सार्बजनिक गरिएको छ ।