मायाको मन्जुरी माग्दै रानी

काठमाडौं । गायिका डा.रानी शाक्यको स्वर रहेको नयाँ गीत ‘मन्जुरी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।सञ्चारकर्मी तुलसी बस्नेतको शब्द र राज सागरको संगीत रहेको गीतको भिडियोमा विकास लामिछाने र समिक्षा पोखरेलको अभिनय रहेको छ ।

भिडियोमा बुद्ध थापाको छायांकन, विष्णु खड्काको सम्पादन र रायन कार्कीको निर्देशन छ । गीतलाई गायिका शाक्यको आफ्नै युट्युब च्यानल र संसारभर विभिन्न ७० वटा डिजिटल प्लेटफर्ममा सार्वजनिक गरिएको हो ।

हाल अमेरिकाको मेरिल्याण्डमा रहेकी गायिका शाक्यका हालसम्म ४० वटा भन्दा बढी गीतहरु बजारमा आइसकेका छन् ।