स्वागतम् माई दिलपुरको बोल्दिन जेपिटी

काठमाडौं । पन्ध्र वर्षको उमेरमै फिल्म निर्देशनमा आएका राजेन्द्र साने निर्देशित फिल्म ‘स्वागतम् माई दिलपुर’ को ‘बोल्दिन जेपिटी’ बोलको गीत सार्वजनिक भएको छ । साईराम पिक्चर्सको युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको गीतमा जयकिशन बस्नेत, एलिना रायमाझी, दीपा सिंह ठकुरीलगायतका कलाकार फिचर्ड छन् ।

गीतमा कमल घले र लक्ष्मी स्याङ्तानको स्वर, दिनेश सुवेदीको शब्द र सन्तोष प्रगाढको संगीत छ । फिल्ममा राजन महर्जनको कोरियोग्राफी, देव महर्जनको द्वन्द्व, तारा थापा ‘किम्भे’को सम्पादन छ ।

फिल्म चाँडै प्रदर्शनमा आउने फिल्मका कथाकार तथा परिकल्पनाकार राजबहादुर सानेले बताए । फिल्मका प्रस्तुतकर्ता सौर्याल थापा हुन् भने लगानी रमेश वनगोसाई र कुमार केसीको रहेको छ ।