एलिजासँग सनिशको बानी परेछ

काठमाडौं । साईपल क्रियसनको निर्माणमा बनेको गीत ‘तिम्रो बानी परेछ’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार दधी अधिकारीको शब्द, कल्याण सिंहको संगीत र भ्वाइस अफ नेपालका सनिश श्रेष्ठको स्वर रहेको गीतमा गोपाल रसाइलीको एरेन्ज रहेको छ ।

गीतको भिडियोमा अभिनेत्री एलिजा गौतम र गायक सनिश श्रेष्ठको अभिनय रहेको छ । साईपल क्रियसनको अफिसियल युट्युबबाट रिलिज गरिएको भिडियोमा आवेश बज्राचार्यको छायांकन र माधव बेलबासेको सम्पादन छ ।

भिडियोमा प्रहिल कार्कीको निर्देशन छ ।