रचना र निशानको पारै मिलेन

काठमाडौं । गायिका रचना रिमाल र गायक निशान भट्टराईको स्वरमा रहेको नयाँ गीत ‘पारै मिलेन’ को भिडियो सार्वजनिक भएको छ । गीतमा डि.पी खनालको शब्द, शंकर थापा स्माइलको संगीत र उदयराज पौडेलको संगीत संयोजन रहेको छ ।

भिडियोमा पल शाह, एलिश राई र दीपा–दमान्ता श्रेष्ठ फिचर्ड छन् । बिधान कार्कीको निर्देशन रहेको भिडियोमा सुरेन्द्र बसेलको कोरियोग्राफी, उत्सव दाहालको छांयाँकन र विकाश दाहालको सम्पादन छ ।

दामी टिभी टिमको प्रस्तुती तथा निर्माण रहेको भिडियो दामी टिभीको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।