१५ मिनेटको नृत्यलाई ४ करोड पारिश्रमिक

मुम्बई(एजेन्सी) । बलिउड अभिनेत्री उर्वशी रौतेलाले नयाँ वर्षको पार्टीमा १५ मिनेट नृत्यका लागि ४ करोड पारिश्रमिक लिएकी छन् । यो पार्टी डिसेम्बर ३१ मा दुबईको ५ तारे होटल प्लाजो वर्ससमा हुनेछ । यो पार्टीमा उनी आफ्ना फ्यानसँग अन्तरक्रिया पनि गर्नेछिन् । उनले सामाजिक सन्जालको माध्यमबाट यो कुराको जानकारी दिएकी हुन् ।

उनी चाँडै नै एक प्रोजेक्टमा इजिप्टका अभिनेता मोहम्मद रमदानसँग काम गर्दैछिन् । केही दिन अघि उनले सामाजिक सन्जालमा रमदानसँगको तस्बिर शेयर गरेकी थिइन् । अभिनेता रमदानका अनुसार उनी बलिउडमा शाहरुख खानपछि उर्वशीलाई मात्र चिन्दछन् ।