आकृति नयाँ मिसेस तामाङ

काठमाडौं । एस.के. इन्टरटेनमेन्टले आयोजना गरेको ‘मिसेस तामाङ–२०२०’ को उपाधि आकृति तामाङले जितेकी छन् । उनले ताजसँगै ‘मिसेस पपुलर’ र ‘मिसेस पर्सनालिटी’को टाईटलसमेत जितिन् । प्रतियोगितामा क्रान्ति लामा योञ्जन ‘फस्ट रनरअप’, ‘पब्लिक च्वाईस’ र ‘मिसेस कन्फिडेण्ट’, ‘मिनाकुमारी तामाङ ‘सेकेन्ड रनरअप’ र ‘मिसेस फ्रेन्डली’, मुना तामाङ ‘थर्ड रनरअप’ र ‘बेष्ट वाल्क’ बने ।

बागमती प्रदेशको उपसभामुख राधिका तामाङको आतिथ्यतामा राजधानीमा सम्पन्न भएको उक्त प्रतियोगितामा पूर्वमन्त्री पर्शुराम तामाङ र धनबहादुर घलेको उपस्थिति थियो । विगत ३ वर्षदेखि एस क इन्टरटेनमेन्टले ‘मिसेस तामाङ’ आयोजना गर्दै आएको छ । उक्त प्रतियोगिताको निर्णायकहरु केशव थापा, शान्ति वाईबा तामाङ, रोशन तामाङ, वीरेन्द्र वाईबा तामाङ र प्रमुख निर्णायकमा प्रभात तामाङ रहेका थिए ।

प्रतियोगिताका बिजेताहरुले नगद रुपैया ५०, २५, १५ र १० हजारसहित विभिन्न उपहारसमेत पाएका थिए । प्रतियोगितामा भाग लिएका प्रतियोगीहरुलाई फेसन कोरियोग्राफर रोजिन शाक्यले प्रशिक्षण दिएका थिए । प्रतिस्प्रधीहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा, आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण प्रदान गरिएको जानकारी आयोजक संस्थाकी अध्यक्ष शान्ता लामा तामाङले बताइन् ।