प्रताप र रजिनाको सिर्जनाकी श्रेष्ठ तिमी

काठमाडौं । गायक प्रताप दास र गायिका रजिना रिमालको स्वरमा रहेको ‘सिर्जनाकी श्रेष्ठ तिमी’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा रिमेश कुमारको संगीत र प्रदीप थुलुङको शब्द रहेको छ ।

भिडियोमा गायक तथा सर्जक प्रकाश सपुतसँगै प्रदीप अधिकारी र प्रमिला क्षेत्रीको अभिनय रहेको छ । विक्रम चौहानले निर्देशन गरेको भिडियोको निर्माता रमेश शाही हुन् ।