साहिलको भिडियोमा पल र गौरीको प्रेम

काठमाडौं । गायक कमल राईको स्वर तथा शब्द रहेको गीत ‘एक्लै हुँदा परदेशमा’को भिडियो सार्वजनिक भएको छ । गीतमा ताराप्रकाश लिम्बुको संगीत र साहस शाक्यको एरेन्ज छ ।

भिडियोमा अभिनेता पल शाह र अभिनेत्री गौरी मल्ल फिचर्ड छन् । उनीहरुबाहेक मुमिम कायस्थ र निम्स भुषाललाई पनि भिडियोमा देख्न सकिन्छ । भिडियोमा परदेशीएका एक युवाले घरको सम्झना गरेको कथा देखाइएको छ ।

साहिल खान निर्देशित भिडियोमा अर्जुन तिवारीको छायांकन, मिलन श्रेष्ठको सम्पादन, अशोक लामाको प्रोडक्स्न, राजेन्द्र मोक्तानको कलर र बसन्त घर्ती मगरको भीएफएक्स छ । सरोज सुब्बा ‘नेत्र’को कथा रहेको भिडियोमा सुमि राई(अमेरिका) निर्माता छिन् ।
भिडियो एसथ्रीके इन्टरटेनमेन्टको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।