नयाँवर्षमा द भाइब्जको निराकार

काठमाडौं । नेप्लीज अमेरिकन रक व्याण्ड द भाइब्जले अंग्रेजी नयाँवर्षमा ‘निराकार’बोलको गीतको भिडियो सार्वजनिक गरेको छ । अमेरिकाका विभिन्न रमणीय स्थलमा छायांकन गरिएको म्युजिक भिडियोमा ब्राजिलियन र भारतीय मोडलले अनस्क्रिन रोमान्स गरेका छन् ।

भिडियोमा ब्राजिलका क्रसफिट ट्रेनर किको नासिमान्टो र सानफ्रान्सिस्कोमा बस्दै आएकी भारतीय व्यावसायिक मोडल शालिनी श्रीवास्तवले अनस्क्रिन रोमान्स गरेका छन् ।

सुरज शाहको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा छायांकन र सम्पादन पनि उनकै रहेको छ । म्युजिक भिडियो हाईलाईट्स नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । द भाइब्ज व्याण्डले केही अघि विजया दशमीको अवसर पारेर ‘मात्र तिमी’बोलको गीत सार्वजनिक गरेको थियो ।