माघे संक्रान्तीमा एउटा यस्तो प्रेम कहानी

काठमाडौं । झण्डै १० महिनाको अन्तराल पछि थिएटरमा नेपाली फिल्म प्रदर्शनमा आउने भएको छ । विश्वव्यापी कोभिड–१९ को महामारीका कारण लागु गरिएको लकडाउनपछि ठप्प रहेको फिल्म क्षेत्र अहिले विस्तारै ब्युँझिने प्रयासमा छ ।

यही प्रयासलाई टेवा पु¥याउन अभिनेता शिव श्रेष्ठ प्रस्तुतकर्ता रहेको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ माघ १ गतेबाट प्रदर्शनमा आउन लागेको हो । फिल्मको सार्वजनिक फर्स्टलुकमा अभिनेता शिव श्रेष्ठ र अभिनेत्री प्रियंका कार्की फिचर्ड छन् । यो फस्टलुकसँगै निर्माण पक्षले रिलिज मिति पनि सार्वजनिक गरेको हो ।

फिल्ममा शिव श्रेष्ठ, शक्ति श्रेष्ठ, प्रियंका कार्की, कविता मानन्धर, आयुष्मान देसराज श्रेष्ठ जोशी, वर्षा राउत, संजोग कोइराला, बसुन्धरा भुषाल, आङ तेम्बे शेर्पा, मिथिला शर्मा, बिष्णु चेम्जोङ, रेखा फागु, नरेन खड्का, ध्रुब कोइराला लगायतको अभिनय रहेको छ । फिल्मको निर्देशक दीपेश सापकोटा हुन् ।

फिस्टेल मुभिजको ब्यानरमा बनेको फिल्मका निर्माता यशोदा राई र दिनेश दर्शनधारी हुन् । खुम तामाङ, सुनिल कटवाल, राम नारायण शाह, दिनेस थापामगर र तारा तुलाधर फिल्मका सह–निर्माताहरु हुन् ।