सौरवको सांगीतिक सौरव २०२०

काठमाडौं । भुटनिज अमेरिकन म्युजिक एसोसिएशन र सौरव म्युजिकको प्रस्तुति रहेको गीति संग्रह ‘सौरव २०२०’ (म्युजिक फर ब्रिज) सार्वजनिक भएको छ । गीतकार, प्रेरक, अनुवादक तथा समाजसेवी सौरव तिम्सिनाको एकल शब्दमा रहेको यस गीति संग्रहलाई इन्द्रावती क्रिएशन मार्फत सार्वजनिक गरिएको हो । यस संग्रहमा ६ वटा गीतहरु समावेश छन् । सम्पुर्ण गीतहरु गीतकार तिम्सिनाको वेवसाइट सौरव २०२० र अन्य थुप्रै डिजिटल प्ल्याटफर्म बाट सुन्न सकिनेछ ।

गीतमा किरण गजमेर, किशोर सिवाकोटी, टेक दुधराज, रमेश कडेल, प्रविन दियाली, महेश थुलुङ, टिका लामिछाने, एल बी मोक्तान, निशान राईले स्वर दिएका छन् ।

यस संग्रहका गीतहरुमा अम्बर तुम्बापो सुब्बा, लोकेश गुरुङ, एस डी योगी, अरुण तामाङ र रोनान सुब्बाले संगीत दिएका छन् । संग्रह भित्रका विभिन्न गीतहरुमा गोपाल रसाइली, विकाश राई, किरण कडेल, रिकेश गुरुङ र मोहित मुनालको संगीत संयोन रहेको छ ।

यस संग्रहमा रहेको ’छन शब्द’ बोलको गीतको भिडियो समेत निर्माण गरिएको छ । छिट्टै नै अरु नयाँ गीतहरु सार्वजनिक गर्दै जाने गीतकार तिम्सिनाले बताएका छन् ।