हेल्लो माया ब्यूटीफूलमा प्रियंका

काठमाडौं । स्मिता स्नेहा इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भएको ‘हेल्लो माया ब्यूटीफूल’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

दिनेशकुमार थपलियाको शब्द, प्रताप दास र स्मिता दाहालको स्वर रहेको गीतमा सुवास भुषालको संगीत छ ।  भिडियोमा नायिका प्रियंका कार्की, मोडलद्धय कुशल विष्ट र डिमोन क्षेत्रीले मोडलिङ गरेका छन् ।

सुनिल क्षेत्रीको कोरियोग्राफी तथा निर्देशनमा तयार भएको भिडियोमा नवराज उप्रेतीको छायांकन, अमन मानन्धरको सम्पादन छ ।