विवाह गरे कुछ कुछ होता हैका परजानले

मुम्बई(एजेन्सी) । बलिउड निर्माता तथा निर्देशक करण जोहारको निर्देशनमा बनेको फिल्म ‘कुछ कुछ होता है’ साइलेन्ट सरदारका रुपमा दर्शमाझ चिनिएका परजान दस्तुरले विवाह गरेका छन् । उनले लामो समयकी प्रेमिका डेलना श्राफसँग परम्परागत पारसी सेरेमनीमार्फत विवाह गरेका हुन् । उनले सामाजिक सन्जालमा विवाहको तस्बिर राखेका छन् ।

तस्बिरमा परजान परम्परागत सेतो पहिरनमा छन् । जबकी डेलनाले मरुन साडी लगाएकी छन् । उनले डेलना र आफैंलाई ट्याग गर्दै फोटोमा ‘स्टार इज साइनिङ’ क्याप्सन दिएका छन् ।

करिब चार महिना अघि अक्टोबरमा परजानले सामाजिक सन्जालमा आफूले जनवरीमा विवाह गर्ने संकेत गरेका थिए । उनले सामाजिक सन्जालमा डेलनालाई प्रपोज गरेको एक तस्बिर राखेका थिए ।

परजानले ‘कुछ कुछ होता है’ पछि ‘मोहब्बतें’, ‘कहो न प्यार है’, ‘हाथ का अण्डा’, ‘ब्रेक के बाद’, ‘कहता है दिल बार बार’, ‘हम तुम परजानिया’ र ‘कभी खुशी कभी गम’ जस्ता फिल्ममा अभिनय गरेका थिए ।