काठमाडौं । बेलायतमा आगामी अक्टोबर ९ तारिखमा ‘सुम्निमा साँझ’ हुने भएको छ । एल्डसर्टस्थित एम्पायर हलमा हुने कार्यक्रममा सुम्निमा इभेन्ट, लुङ्टो क्रिएसन, ईफ्लेक्स इन्टरटेनमेन्ट र इनाश यूकेको संयुक्त आयोजनामा हुन लागेको कार्यक्रममा गायिका मेलिना राई र भ्वाईस अफ नेपाल सिजन ६ का उपविजेता गायक रोशन राई, गायक प्रताप दास, गायिका पार्वती राई, सबिना योङहाङ, जानुका राई, अप्सरा घिमिरे, अभिनेत्री रजनी गुरुङ लगायत कलाकारहरूको प्रस्तुति रहनेछ ।
कार्यक्रममा सुशील नेपालले होस्टको भूमिका निभाउनेछन् भने नेपालबाट कलाकारहरूको समन्वय ईफ्लेक्स इन्टरटेनमेन्टका प्रोप्राइटर अजेश पौडेलले गरिरहेका छन् । बेलायतमा रहेर सफल व्यवसाय गर्दै आएका सचिन बुढाथोकी र रमेश श्रेष्ठ समेत आयोजक हुन् ।
आयोजकहरूले कार्यक्रमबाट प्राप्त आम्दानीको ५ प्रतिशत रकम भोटेकोशी, रसुवा बाढीपीडित परिवारलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।







