अस्कर कलेजमा दीक्षित विद्यार्थीहरूको फिचर सिनेमा पिचिङ

काठमाडौं । अस्कर कलेजले आफ्नो कलेजबाट दीक्षित विद्यार्थीहरूको फिचर सिनेमा पिचिङ कार्यक्रम आयोजना गर्ने भएको छ । यही असोज २० गते सुकेधारास्थित मर्क्युर होटलमा अस्कर कलेजबाट दीक्षित विद्यार्थीहरूले नेपाली सिनेमा उद्योगका स्थापित निर्माता, निर्देशक, वितरक तथा सिनेमाकर्मीहरूमाझ आफ्ना फिचर सिनेमा पिच गर्ने भएका हुन् ।

कलेजका प्रधानाध्यापक रामराजा दाहालले फिल्म कलेजलाई नेपाली फिल्म उद्योगसँग जोड्न यो एउटा महत्वपूर्ण तथा ऐतिहासिक अवसर हुने बताए । कार्यक्रममा नेपाली फिल्म उद्योगमा सक्रियता निर्माता, निर्देशक, वितरक तथा फिल्मकर्मीहरू गरी ५० जना भन्दा बढी व्यक्तित्वहरूको सहभागिता रहने कलेजले जनाएको छ ।

दीक्षित विद्यार्थीमध्ये आन्तरिक छनेटबाट छानिएका १० जना विद्यार्थीले आआफ्ना फिचर सिनेमा परियोजना पिचिङ गर्ने छन् ।