काठमाडौं । निर्देशक राजु श्रेष्ठको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘कंगाल करोडपति’को छायांकन गत मंगलबारदेखि गोकर्णबाट सुरु भएको छ। राजधानीमा चार दिन छायांकन गरेपछि फिल्मको टोली चितवन जाने र छायांकन ३५ दिनमा पूरा गर्ने तयारीमा निर्माण पक्ष छ ।
प्रविण आचार्यको प्रस्तुतिमा बन्ने फिल्ममा मुकुन भुषाल, मन्जिल कुमार, सलिना तामाङ, आरती आचार्य, हिउँवाला गौतम, चन्द्रवीर सिंह, अनिल बुढाथोकी, रेयर राई, प्राप्ति श्रेष्ठ, पदम सिं, राजन काथ्री, हरि भण्डारी र भीमसेन खतिवडालगायत कलाकारको अभिनय हुनेछ ।
सामाजिक तथा पारिवारिक कथामा बन्ने फिल्मका निर्माता अनिल कुमार बुढाथोकी हुन्। अश्विन बराल, दिपेश तिरुवा, प्रविन राई, छिरिङ तामाङ र प्रवेश सापकोटा सहनिर्माता छन्।
फिल्मको कथा रामकृष्ण बजगाईंले लेखेका छन् भने पटकथा तथा संवाद चानस पुन मगरको हो। रिता श्रेष्ठ तामाङ र सुरज कुमार लाइन प्रोड्युसरका रूपमा रहेका छन्।
सिनेमा पाठशाला प्रालिको ब्यानरमा बन्ने फिल्ममा हरि घले लामाको छायांकन, देव महर्जनको द्वन्द्व निर्देशन र प्रदीप लामाको नृत्य निर्देशन रहनेछ। संगीत एसडी योगी, निराजन राई र दिप्सन लिम्बूको रहनेछ।
जीवन गौतम मुख्य सहनिर्देशक, सरोज श्रेष्ठ निर्माण नियन्त्रक र सुदीप अधिकारी कला निर्देशकका रूपमा फिल्ममा जोडिएका छन्।






