म्युजिक जात्रा–ख्वपमा पहिलोपटक कुमा सागर

काठमाडौं । भक्तपुरमा पहिलो पटक च्यारिटी म्युजिक फेस्टिभल ‘म्युजिक जात्रा–ख्वपःँ आयोजना हुने भएको छ। आज क्लब बागमतीमा आयोजित पत्रकार सम्मेलनमा आगामी मङ्सिर १२मा भक्तपुरको सल्लाघारी मैदानमा उक्त कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ ।

कार्यक्रममा विशेष आकर्षणका रुपमा कुमा सागर एण्ड द ख्वपः ब्याण्ड रहेका छन् । भक्तपुरको माटोमा जन्मिएर विश्वभर रहेका नेपाली माझ चर्चित कुमा सागर एण्ड द ख्वपः ब्याण्डले भक्तपुर मै पहिलो पटक प्रस्तुति दिन लागेका हुन्। कुमा सागरसँगै मुक्ति एण्ड रिभाइभल तथा निभाः डंगोल एण्ड चबाही दबुुले प्रस्तुति दिनेछन्। कार्यक्रमलाई लुपिक्स इन्टरटेन्मेन्ट, दृष्टिकोण मिडिया र द रोयल इभेन्ट्सले संयुक्त रुपमा आयोजना गर्न लागेको हो।

आयोजकले संगीतसँगै भक्तपुरको मौलिक संस्कृति, कला र समुदायलाई जोड्ने उद्देश्यले आयोजना हुन लागेको जात्रामा परम्परागत सांस्कृतिक प्रस्तुति, विभिन्न कलाकारको लाइभ प्रस्तुति, खाना तथा जीवनशैलीसँग सम्बन्धित स्टललगायतका गतिविधि रहने आयोजकले जनाएको छ।

कार्यक्रमको मुख्य प्रायोजकको रुपमा एक्सट्रीम एनर्जी ड्रिंकरहेको छ । कार्यक्रम हेर्न दर्शकले एक्सट्रीम एनर्जी ड्रिंकको खाली क्यान मात्र ल्याए पुग्ने आयोजकले जनाएको छ ।

कार्यक्रमबाट उठेको रकमको ५० प्रतिशत व्यावसायिक आम्दानी अर्थात् प्रायोजन तथा स्टल भाडाबाट प्राप्त रकम भक्तपुरको समुदायमा आधारित पुनर्स्थापना संस्था (सीबीआरओ)लाई प्रदान गरिनेछ।