आ बाट आमा २ पुरा गर्न हङकङ पुगे पल

काठमाडौँ । आगामी असोज ३० गतेबाट रिलिज हुने फिल्म ‘आ बाट आमा २’ को निर्माण टिम अन्तिम चरणको छायांकनका लागि हङकङ पुगेको छ। फिल्मका अभिनेता पल शाह, अभिनेत्री रिश्ता गुरुङ र निर्देशक चन्द्र पन्त र प्राविधिक टोली फिल्मको बाँकी महत्वपूर्ण दृश्यहरूको छायांकन हङकङ पुगेको हो।

हङकङमा छायांकन व्यवस्थापन तथा लाइन प्रोडक्सनको जिम्मेवारी खुसी इन्टरटेनमेन्टले लिएको छ। निर्देशक चन्द्र पन्तका अनुसार हङकङमा पल शाह र रिश्ता गुरुङ जोडिएका केही विशेष ड्रामेटिक दृश्यहरू खिचिनेछ।

हङकङको सेड्युल सकिएलगत्तै टिम नेपाल फर्किएर तीव्र रूपमा पोस्ट(प्रोडक्सनको बाँकी काममा जुट्नेछ।आर्या इन्टरटेनमेन्टको प्रस्तुति रहेको यस फिल्ममा पल शाह र रिश्ता गुरुङका साथमा विपना थापा, मलिका महत, आकाश श्रेष्ठ, सबिन श्रेष्ठ, साइग्रेस पोखरेल, निकिता आचार्य, गजित विष्ट, नरेन खड्का, दिलिप ओखेडा र स्वर्गीय प्रदीप रावतको मुख्य अभिनय रहेको छ।

रोशन भट्ट र चन्द्र पन्तको लेखन तथा करण सिंह कार्यकारी निर्माता रहेको यो फिल्म आरआर फिल्मस्ले नेपालभर वितरण गर्दैछ।