रोशनीलाई भेट्ने विकासको मन

काठमाडौं । गायक दिलीपजंग खत्रीको शब्द, संगीत र स्वरमा रहेको गीत ‘भेट्न मन छ’को भिडियो सार्वजनिक भएको छ । भिडियोमा विकास लामिछाने र रोशनी जी आर फिचर्ड छन् ।

स्याड भर्सनको गीतमा याकुब राईको एरेन्ज छ । पोखरामा छायांकन गरिएको म्युजिक भिडियोमा नेत्र गुरुङको निर्देशन छ ।

भिडियोमा प्रकाश गुरुङको छायांकन, नेत्र गुरुङको सम्पादन, जय गुरुङको मेकअप, बिकास ताम्राकारको ड्रोन र किरण राज थापाको कलर छ ।