प्रेम कहानी लेख्दै कविता र शक्ति

काठमाडौं । नवनायिका कविता मानन्धर र नवनायक शक्ति श्रेष्ठ फिचर्ड फिल्म ‘एउटा यस्तो प्रेम कहानी’को शीर्ष गीत सार्वजनिक भएको छ । गीतमा विश्व नेपाली र अस्मिता परियारको स्वर, सुष्मा रुपाबुङ राईको शब्द र वसन्त सापकोटाको संगीत छ ।

शिव श्रेष्ठ, दिनेश दर्शनधारी र यशोदा राज तुम्बाहाम्फे निर्माता रहेको फिल्ममा शिव श्रेष्ठ, प्रियंका कार्की, आयुष्मान देशराज श्रेष्ठ जोशी,वर्षा राउत, सन्जोग कोइराला, मिथिला शर्मा, बसुन्धरा भुषाल, नरेन खड्का, आङ तेम्बा शेर्पा, विष्णु चेम्जोङ, रेखा लिम्बु, ध्रुव कोइराला, नवराज विश्वकर्माको अभिनय छ ।

माघ १ गतेबाट अल नेपाल रिलिज हुने फिल्ममा दीपेश सापकोटाको निर्देशन छ । फिल्ममा सुनिल कटवाल, राम नारायण शाह, दिनेश थापा मगर, खुम तामाङ र तारा तुलाधर सहनिर्माता छन् ।