राजुको फिल्ममा श्रीकृष्णको डुप्लिकेट

काठमाडौं । क्लासिक फ्रेमको प्रस्तुतिमा ‘तिम्रो हुने कहिले’ नामक फिल्म निर्माण हुने भएको छ । सुधन धिताल, श्याम खत्रीको निर्माण रहने फिल्ममा अभिनेता श्रीकृष्ण श्रेष्ठको डुप्लिकेटका रुपमा चर्चामा आएका टिकटक ब्वाई प्रकाश चन्द अनुबन्धित भएका छन् । प्रकाशको यो डेब्यू फिल्म हुनेछ ।

माघ २ गतेबाट छायांकनमा जाने फिल्ममा करुणा पाण्डे, मिना जिसि, सबिन बास्तोला, सुधन धिताल, ललित सिंहलगायतका कलाकारको अभिनय रहनेछ । फिल्ममा रामजी लामिछाने र सुनिता बस्नेतको कोरियोग्राफी हुेनछ ।