नेहालाई यू–ट्युब डायमण्ड अवार्ड

मुम्बई(एजेन्सी) । इण्डियन आइडल १२ की निर्णायक तथा गायिका नेहा कक्कडले पुनः एकपटक धमाल मच्चाएकी छन् । नेहालाई ‘यू–टयूब डायमण्ड अवार्ड’ प्रदान गरिएको छ । यो अवार्ड पाउने उनी एक्लो भारतीय गायिका हुन् । उनले यो कुरा इन्स्टाग्राममा साझा गरेकी छन् । उनलाई बधाईको ओइरो लागेको छ । विशेष बधाई उनका पति रोहनप्रीत सिंहले दिएका छन् ।

नेहाले इन्स्टाग्राममा ट्रफीका साथ फोटो साझा गर्दै लेखेकी छन् । ‘यू–ट्युब डायमण्ड अवार्ड पाउने पहिलो भारतीय गायिका । यो मेरो परिवार बिना सम्भव छैन । जसमा मेरो मातापिता, भाई टोनी कक्कड र बहिनी सोनू कक्कड र तपाईं(फ्यान)हरु हुनुहुन्छ । तपार्इंहरुलाई धन्यवाद भन्न सजिलो छैन’, उनले लेखेकी छन् ।

यो अवार्ड कुनै च्यानलको सब्सक्राइबर १० मिलियन भन्दा बढी भयो भने दिइन्छ । सन् २०२० सम्म ६५० भन्दा बढी च्यानलले यो अवार्ड पाइसकेका थिए । उनको युट्युब च्यानलमा हाल ११ दशमलब ८ मिलियन सब्सक्राइबर्स छन् ।