फेवामा छुल्ठिमले गाउँ छोडेपछि…

काठमाडौं । गायक किरण घिमिरे ‘माइकल’को स्वरमा रहेको गीत ‘फेवा’को भिडियो सार्वजनिक भएको छ । गीतमा युवायुवतीको ग्रामिण परिवेशको प्रेम झल्काइएको छ । पोखरा र त्यस आसपासका ठाउँमा छायाँकन गरिएको भिडियोमा छुल्ठिम गुरुङ र तीर्थ कोजी फिचर्ड छन् ।

गीतमा सुदिप आत्रेय र माइकलको शब्द, गायक माइकलकै संगीत र एम प्रधानको एरेन्ज छ । गाउँले युवायुवतीको भुमिकामा प्रस्तुत भएका छुल्ठिम र तिर्थको प्रेम छुल्ठिमले गाउँ छोडेसँगै टुंगिछन् ।

सौरभ लामाले क्यामेरामा तारिफयोग्य काम पस्केका छन् भने सम्पादन तथा निर्देशन लक्ष्मण सुनारको छ । हरी लामा र सुदिप आत्रेयले भिडियोलाई निर्माण गरेका हुन् ।