कसको निकनेम के ?

मुम्बई(एजेन्सी) । सामान्यतया मानिसको दुई नाम हुन्छ । एउटा घरमा बोलाउने नाम र अर्को घरबाहिर बोलाइने नाम । बलिउडका केही कलाकारको घरमा बोलाउने नाम अनौठा अनौठा छन् । कति नाम त सञ्चारमाध्यममा आइरहेका हुन्छन् भने कति गुमनाम नै हुन्छन् ।

बलिउड अभिनेत्री करीना कपूर खानको निक नेम सायदै धेरैलाई थाहा होला । मानिसहरु उनलाई ‘बेबो’ भनेर बोलाउछन् । यो नाम सञ्चारमाध्यममा लोकप्रिय छ ।

बलिउडका सुपरहिरो अभिनेताका रुपमा परिचित ऋतिक रोशनलाई उनको परिवारमा ‘डुग्गु’ नामले बोलाउछन् । अर्का अभिनेता वरुण धवनलाई घरमा ‘पप्पु’ भनेर बोलाइन्छ । अभिनेत्री आलिया भट्टलाई उनकी आमाले प्रेम भावले ‘आलु’ या ‘आलु कचालु’ भनेर बोलाउछिन् । अभिनेता अर्जुन कपूर फिल्ममा आउनु अघि १ सय १० किलोका थिए । उनको यही मोटोपनका कारण उनलाई साथीहरुले ‘फुबु’ भनेर बोलाउथे ।

बलिउडका हेण्डसम हंक रणवीर कपूरलाई उनकी आमा नितु कपूरले ‘रेमण्ड’ भनेर बोलाउछिन् । लाखौं मुटुकी धड्कनका रुपमा परिचित अभिनेत्री माधुरी दिक्षितलाई घरका सदस्यहरु प्रेमले ‘बबली’ भनेर बोलाउछन् ।  अभिनेत्री ऐश्वर्या राय बच्चनलाई उनको घरमा ‘गुल्लु’ भनेर बोलाइन्छ । अग्ली अभिनेत्रीका रुपमा परिचित सोनम कपूरलाई सायदै त उनको उचाईका कारण घरमा ‘जिराफ’ भनेर बोलाइन्छ ।

अभिनेत्री करीना कपूरकी दिदी करिश्मा कपूरको निकनेम केही अनौठो छ । उनलाई घरमा ‘लोलो’ भनेर बोलाइन्छ । यस्तै अभिनेत्री विपाशा बसुलाई घरमा ‘बोनी’ भनेर बोलाइन्छ । अभिनेता कार्तिक आर्यनलाई घरमा ‘कोकी’ भनेर बोलाउने गरिन्छ ।