निमाको छ भने माया मुसुक्क

काठमाडौं । गायिका निमा राय क्षेत्रीकोे स्वर, शब्द, संगीतमा तयार पारिएको गीत ‘छ भने माया मुसुक्क’को भिडियो सार्वजनिक भएको छ । भिडियोको छायांकन पोखरा आसपास क्षेत्रका रमणीय स्थानहरुमा गरिएको छ ।

राजकुमार महर्जनको निर्देशन रहेको भिडियोमा क्रान्ति बराईली, अपेक्षा दवाडी, संगीता बनमालीलगायतका कलाकारको अभिनय रहेको छ ।

स्वरुप थापाको छायांकन रहेको भिडियो ह्वाइट पिजर मिडिया, डब्लु.पि. इन्टरटेन्टमेन्टको निर्माण, गायकको आफ्नै युट्युव च्यानल मार्फत सार्बजनिक गरिएको छ ।