सहारामा कोरोना महामारी पीडा

काठमाडौं । कोरोनाका कारण विश्वव्यापी रुपमा देखिएका समस्या, बेरोजगारी र सम्बन्धलाई पारेको असरका विषयमा बेलायतमा सर्ट फिल्म ‘सहारा’ निर्माण गरिएको छ । फिल्ममा ध्रुव दत्त, सिर्जना निङ्गलेकु र पुरु राईको अभिनय रहेको छ ।

फिल्ममा पुरुकै लेखन र निर्देशन रहेको छ । पुरुले निर्देशन गरेको यो दोस्रो सर्ट फिल्म हो । निर्देशक राईले कोरोना भाइरसका कारण बढेको बेरोजगारी र बेरोजगारीका कारण एक युवा जोडीमा उत्पन्न भएका विभिन्न समस्याको वियोगान्त कथा फिल्ममा देखाउन खोजिएको बताए । पुरुले यसअघि सर्ट फिल्म ‘सम्बन्ध’ निर्देशन गरिसकेका छन् ।

फिल्ममा कुशल श्रेष्ठको छांयाकन र सम्पादन कुशल श्रेष्ठ, आशीष राजको स्वर र संगीत, नवीन निरौलाको पाश्र्व ध्वनि र रंग संयोजन छ । टुवाईको ब्यानरमा निर्माण भएको फिल्म अभिनेत्री सिर्जनाको युट्यूव च्यानलबाट रिलिज गरिएको छ ।