रेबिका बनिन् दयाहाङकी सोल्टिनी

काठमाडौं । गायक पूर्ण लिम्बु र गायिका मेलिना राईको स्वरमा रहेको नयाँ गीत ‘सोल्टिनी’ सार्वजनिक भएको छ । प्रेम कृष्ण बजगाईंको शब्द तथा संगीत रहेको गीतमा शिलाबहादुर मोक्तानको संगीत संयोजन रहेको छ ।

मिलन चाम्सले निर्देशन गरेको भिडियोमा दयाहाङ राई र रेबिका गुरुङ फिचर्ड छन् । सुदिप बरालको छायांकन रहेको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी छ ।

गिरिराज घिमिरेको सह निर्देशन रहेको भिडियोलाइ सन्तोष शाहको सम्पादन तथा जुनीम गहतराजको कलर संयोजन रहेको छ । भिडियो ओएसआर डिजिटलको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको हो ।