काली दोभानमा प्रकाश र मेलिसा

काठमाडौं । फिल्म निर्देशक मदन घिमिरे निर्देशित ‘काली दोभान’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । भिडियोमा गायक तथा मोडल प्रकाश सपुत र मेलिसा कार्कीको मुख्य अभिनय रहेको छ ।

बाबुकृष्ण परियार र समुन्द्र परियारको स्वरमा सजिएको गीतको संगीत सयोंजन सुनिल परियारको रहेको छ । भिडियो समुन्द्र परियारको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।