कागजमा सलमानको कविता

मुम्बई(एजेन्सी) । बलिउड अभिनेता पंकज त्रिपाठीको अभिनय रहेको फिल्म ‘कागज’ हालै रिलिज भएको छ । फिल्मले जिउँदो हुँदा पनि सरकारी कागजातमा मरेको भनेर उल्लेख गरिएको एक व्यक्तिको कथा छ । ती व्यक्ति आफूलाई जिउँदो साबित गर्नका लागि कैयौं मेहनत गर्छ । फिल्ममा पंकज शीर्ष चरित्र लाल बिहारीको भूमिकामा छन् । फिल्मको कथा नै लाल बिहारी वरपर घुम्छ ।

फिल्मको निर्माण सलमान खान र सतीश कौशिकको कम्पनीले गरेको छ । फिल्ममा सलमानको स्वरमा एक कविता सुन्न पाइन्छ । जुन कविता सुनेर जोकोही मन्त्रमुग्ध हुन्छन् । सलमानको त्यो कवितामा ‘कागज’लाई निकै सुन्दर तरिकाले प्रस्तुत गरिएको छ । सलमानले यसअघि पनि धेरै गीत गाएका छन् । जुन गीत दर्शकले निकै रुचाएका थिए ।

कामको कुरा गर्दा सलमान चाँडै नै फिल्म ‘राधेः योर मस्ट वान्टेड भाइ’मा नयाँ अवतारमा आउदैछन् । फिल्ममा सलमानसँगै दिशा पटानी, रणदीप हुड्डालगायतका कलाकारको अभिनय छ । फिल्म यसै वर्षको इदमा रिलिज हुनेछ ।